‘पेट्रोलको मूल्य तोक्दा खुद्रा पैसा हटाउ ’

162
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक(ओएनएस) :  व्यवस्थापिका संसद अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकले आयल निगमले प्रति लिटर पेट्रोल बिक्रीमा लिने गरेको पैसा हटाउन निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकले आयल निगमले ग्राहकलाई  पेट्रोल बिक्री गर्दा पैसा समेत राखेर लिने तर फिर्ता आउने पैसा कहिले पनि ग्राहकले फिर्ता नपाउने गुनासो ग्राहकबाट आएको भन्दै पेट्रोलको खुद्रा मूल्य निर्धारण गर्दा शून्य अन्त हुने गरि निर्धारण गर्न समेत निर्देशन दिएको छ ।

बैठकमा आयल निगमले स्वचालित मूल्य निर्धारण कम्प्युटरबाट हुने हँुदा खुद्रा मूल्यमा पैसा समेत जोडिएको बताएको थियो । अहिले आयल निगमको पेट्रोलको खुद्रा मूल्य १ सय तीस रुपैयाँ छयालिस पैसा छ ।

बैठकले सवारी भाडा नबढाउन उपसमितिले दिएको निर्णयलाई अनुमोदन पनि गरेको छ । बैठकमा वाणिज्य तथा आपुर्ति मन्त्री  सुनिल बहादुर थापा, राज्यमन्त्री  गिरीबहादुर केसी वाणिज्य विभागका महानिर्देशक  नारायणप्रसाद विडारीलगायतको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •