पेट्रोलियम पदार्थको मूल्य घट्यो

80
  •  
  •  
  •  

काठमाडौ, १३ असोज (ओएनएस) : सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली सोमबारदेखि लागू हुने भएकोले पेट्रोलियम पदार्थको मूल्य घटेको बताइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ४४ पैसाले घटाएको हो । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २७ पैसाले घटाएको छ । अहिले पेट्रोलको प्रतिलिटर १३४.५० रूपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर १०५.५० छ ।

सोमबार मन्त्रालयमा एक पत्रकार सम्मेलन गरि सो जानकारी दिइएको हो । सरकारले सोमवार रातिदेखि नै नयाँ मूल्य लागु गर्न लागेको वाणिज्य तथा आपूर्ती मन्त्री सुनिल बहादुर श्रेष्ठले बताए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान कम गर्न ‘स्वचालित मूल्य प्रणाली’ कार्यान्वयन गरेको हो । हरेक १५ दिनमा मूल्य परिवर्तन हुने गरी स्वचालित मूल्य प्रणालीमा गएको बताइएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य सूची प्राप्त हुने बित्तिकै त्यसलाई कार्यान्वयन गर्ने गरी नयाँ प्रणाली लागु गर्ने तयारी गरेको हो । ‘


  •  
  •  
  •