पेट्रोलियम ढुवानी महासंघद्वारा आन्दोलनको चेतावनी

90
  •  
  •  
  •  

काठमाडौं, १८ भदौ (ओएनएस) : नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना मागहरू हालसम्म पनि नेपाल आयल निगम एवम् नेपाल सरकारले कार्यन्वयन नगरेको भन्दै आगामी भदौ २१ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आफूहरूले पटक–पटक आयल निगम एवम सरकार समक्ष आफ्ना मागहरू राख्दा पनि कुनै सुनुवाई नभएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएको छ । महासंघले आफूले पटक–पटक निगम र सरकारलाई राख्दा पनि कुनै सकारात्मक पहल नभएका कारण बाध्य भएर आगामी भदौ २१ गते नै देशभरिका ट्यांकरको साँचो निगम मार्फत सरकारलाई बुझाउने पनि चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष खगेश्वर बोहराले ढुवानी नियामवलीअनुसार कार्य गर्दा पनि गत बैशाख १६ गते भैरहवा क्षेत्रमा तेल चोरी प्रकरणमा समातिएका व्यक्तिहरूको हवला दिएर ट्यांकर धनीलाई पनि सो कार्यमा संग्लग्न रहेको भनी झुटा मुद्दा स्थानीय प्रशासनले लगाई १७ जना व्यवसायीहरूलाई वारेन्ट जारी गरेकोमा खेद प्रकट गर्दै सो कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेका छन् । महासंघले करारमा राखिएका सम्पूर्ण ट्यांकरहरूको लगानी संरक्षण गर्नुपर्ने, सापेक्ष ढुवानी नियामावलीको यथाशिघ्र लागु गर्नुपर्ने, पेट्रोलियम पदार्थको सम्पूर्ण जोखिम विमा र एक्साईज ड्युटी निगमले गर्नुपर्ने लगायतका १० बुँदे माग अघि सारेको छ ।


  •  
  •  
  •