अझै केही दिन पेट्रोलियम पदार्थको अभाव

516
  •  
  •  
  •  

काठमाडौ ६ वैशाख (ओएनएस) : काठमाडौं सहित देशैभर देखिएको पेट्रोलिय पदार्थको अभाव हट्न अझै कम्तिमा तीन दिन लाग्ने देखिएको छ । भारतीय आयल कर्पोरेशनले कटौती गरेको आपूतिृ सूचार गराउन सोमबार कुनुपर्ने भएको छ । आयल निगमले सोमबार भारतीय आयल निगमलाई पैसा बुझाउने छ ।

सोमबार ऋण तिरेपछि तेल आपूर्ति र वितरण आउँदो मंगलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ । निगमका प्रवक्ता मुकुन्द्य घिमिरेले मंगलबारदेखि कुनै समस्या नहुने बताए । तीन दिल तेल आउन नै समय लाग्न्े भएकाले केही असज हुने उनले बताए । उनका अनुसार सोमबार नेपाल आयाल निगमले ३ सय ९ करोड भारतीय रुपैयाँलाई तिर्ने तयारी छ ।

झण्डै ९ अर्ब भारतीय रुपैयाँ आइओसीलाई तिर्न बाँकी रहेकाममा सोमबार ३ सय ९ करोड भारतीय रुपैयाँ निगमले बुझाउनेछ ।

काठमाडौं उपत्यकामा  दुई दिनदेखि आवश्यक तेल आपूर्ति हुन सकेको छैन् । राजधानीमा दैनिक ३५० किलोलिटर पेट्रोल र ४५० किलोलिटर डिजेल खपत हुने निगमको तथ्यांक छ । दुई दिनदेखि राजधानीमा दैनिक २५० लिटर पेट्रोल मात्रै भित्रिएको निगमका प्रवक्ता घिमिरेले जानकारी दिए ।

अर्थमन्त्रालयले निगमलाई ऋण दिन नागरिक लगानी कोष र सञ्चय कोषलाई सिफारिस गरेको छ । निगमले आईओसीलाई तीन अर्ब २४ करोड भारु (सवा ५ अर्ब नेपाली रुपैयाँ) तिर्न बाँकी छ । दुई संस्थाबाट ऋण लिएर दुई अर्ब ५० करोड रुपैयाँ तिरिने प्रवक्ता घिमिरेले बताए ।


  •  
  •  
  •