पक्राउ परेका कर्मचारी रिहा भएपछि राजधानीका पेट्रोल पम्प खुले

197
  •  
  •  
  •  

काठमाडौ, ६ पुस (ओएनएस) : पेट्रोलियम पदार्थको मूल्य घटेपछि पेट्रोलको अभाव व्यहोरेका राजधानीबासीले आइतबार बिहानभर सास्ती खेपे ।

पक्राउ परेका कर्मचारीलाई रिहा गर्नुपर्ने माग गर्दै पेट्रोलियम मजदुर युनियनले आइतबार राजधानीका नीजि पेट्रोल पम्प बन्द गराएपछि उपभोक्ताले थप सास्ती ब्यहोर्नु परेको थियो  । युनियनले थानकोटको मुख्य डिपो बन्द गराएनका छन् भने राजधानीका २ सय भन्दा बढि नीजि पम्प बन्द भएका थिए ।

यसअघि वाणिज्य विभागको एक टोलीले कालिमाटीको सीता केयर प्रालिका दुई कर्मचारीलाई घटेको मूल्यमा पेट्रोल नबेची पुरानै मुल्यमा बिक्रि गरेको भन्दै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विनोदराज घिमिरे र गोविन्द भट्टराई छन् । आफ्ना सहकर्मीको रिहाई नभए देशभर पेट्रोल पम्प बन्द गर्ने चेतावनी दिएका थिए । चेतावनीपछि उनीहरु रिहा भएका  थिए । रिहा भएपछि बन्द पेट्रोल पम्प अपरान्हदेखि मात्र खुलेका थिए ।

आयल नियगमले शुक्रबार पेट्रोलको भाउ घटाएपछि बजारमा पेट्रोलको अभाव छ । नेपाल आयल निगमले शुक्रबार साँझ पेट्रोलमा रु ७ र डिजेलमा ७ रुपैयाँ ५० पैसा घटाएको थियो । मूल्य घटेपछि पेट्रोल रु ११६ र डिजेल ९० रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरिएको छ ।


  •  
  •  
  •