‘पेट्रोलियम पदार्थको मूल्य ४ रुपैयाँ घटाउन सकिन्छ’

171
  •  
  •  
  •  

काठमाडौं, २ पुस (ओएनएस) :  नेपाल आयल निगमका महाप्रबन्धक डा. चन्द्रिका प्रसाद भट्टले अर्थमन्त्रालयले समन्वयन गरेमा तत्काल डिजल र पेट्रोलमा चार रुपैयाँ घटाउन सकिने बताउनुभएको छ ।
युवा संघ नेपाल काठमाडौँ जिल्ला कमिटीको टोलीको ज्ञापन पत्र बुझाउन गएको टोलीलाई उहाँले उक्त कुरा बताउनुभएको हो ।
महाप्रबन्धक डा. चन्द्रिका प्रसाद भट्टले ज्ञापन बुझाउन गएको युवा संघको टोलीलाई अर्थमन्त्रालयलाई समेत दवाव दिन आग्रह गर्नुभयो ।

हाल निगमले ३७ अर्ब ऋणको व्याज तिर्नका लागि अतिरिक्त रकम लिइरहेको छ । साथै निगमले रक्सौवलबाट इन्धन आयात गर्दा सडक मर्मत खर्च वापत अर्को चार रुपियाँ लिदैँ आएको छ । हाल दश अर्ब बराबरको कारोबार गदैँ आएको निगमको पेड अफ क्यापिटल दश अर्ब नै छ जुन अस्वभाविक हो ।

युवा संघ काठमाडौँ जिल्ला कमिटीको केन्द्रीय सचिव किरण पौडेलले निगम अन्गर्तको १ अर्ब २० करोडको मुल्य स्थिरिकरण कोषको औचित्य नरहेको भन्दैँ सिँधै उपभोक्तालाई राहत हुने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले डिपोबाट डिलरमा पढाउदाँ १२ हजार लिटरमा तीन सय लिटर कम पढाइने गरेकोमा ध्यानार्कषण गराउनुभयो ।
युवा संघको टोलीले निमग भित्र इन्धन खरीद, विक्रि र वितरण प्रक्रियालाई पारदर्शि बनाउन दवाव दिएको छ ।


  •  
  •  
  •