पेट्रोलियम पदार्थको मूल्य घट्यो

192
  •  
  •  
  •  

petrolकाठमाडौं, ८ मंसिर (ओएनएस) : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले सोमवार रातिबाट लागु हुनेगरी पेट्रोलको  दुई रुपैयाँ  ५० पैसा र मट्टितेल तथा डिजेलको मूल्य  दुई रुपैयाँले घटाएको छ ।
अब उपभोक्ताले पेट्रोलको मूल्य १ सय २५ रुपैयाँ ५० पैसा र मट्टितेल तथा डिजेल का लागि ९९दशमलव५० पैसा पुगेको छ । हाल  पेट्रोलको मूल्य एक सय २८ रुपैयाँ तथा डिजेल र मट्टितेलको एक सय एक रुपैयाँ ५० पैसा छ ।

पछिल्लोपछक निगमले पेट्रोलको भाउ दुई रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको एक रुपैयाँ ६७ पैसाले घटाएको थियो ।


  •  
  •  
  •