पेट्रोलियम पदार्थको मूल्य घट्यो

188
  •  
  •  
  •  

काठमाडौ, ४ पुस (ओएनएस) : विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार घटिरहदा नेपालमा पनि पमूल्य घटेको छ । नेपाल आयल निगमको संचालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलमा ७ रुपैयाँ र डिजलमा साढे पाँच रुपैयाँ घटाएको हो । यसअघि पेट्रोलको मूल्य १२३ र डिजलको साढे ९७ रुपैया थियो । मूल्य घटेपछि अब उपभोक्ताहरुले पेट्रोल ११६ र डिजल ९२ रुपैयामा खरिद गर्न सक्नेछन् । निगमले हवाई इन्धमा पनि १० रुपैया घटाइएपछि १३३ रुपैया कायम भएको छ ।


  •  
  •  
  •