पेट्रोलियम पदार्थको मूल्य घट्यो

119
  •  
  •  
  •  

काठमाडौं १९ चैत (ओएनएस) :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बिहिबार मध्यरातीबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ तथा डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर ८६ रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि भारतीय आयल निगमले घटेको रेट अनुसार आयल निगमले मूल्य समायोजन गरेको हो ।

गत असोजदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको यता भाउ लगातार घटाएको निगमले गत गत फागुन २२ गते भने बढाएको थियो ।  नयाँ मूल्यपछि निगमलाई पेट्रोलमा १३ रुपैयाँ २६ पैसा, डिजल र मट्टितेलमा ४ रुपैयाँ ४ पैसा र २३ रुपैयाँ ६७ पैसा नाफा छ ।


  •  
  •  
  •