काठमाडौं, १९ माघ (ओएनएस) : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।
निगमले सोमबार मध्यराती १२ बजेबाट लागु हुने गरि पेट्रोलमा २ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा २ रुपैया मूल्य घटाएको हो । मूल्य घटेपछि अब बजारमा पेट्रोल १०९ रुपैयाँ तथा डिजेल र मट्टीतेल ८६ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
भारतमा पेट्रोलिय पदार्थको मूल्य घटेपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो । गत असोज यता निगमले आधा दर्जन पटक मूल्य घटाइसकेको छ । यसअघि निगमले यही माघ ४ गते पेट्रोलियम पदार्थको भाउ घटाएको थियो।
पेट्रोलियम पदार्थको मूल्य घटेपनि खाना पकाउने ग्यासमा भने मूल्य समायोजन गरिएको छैन । ग्यासमा प्रतिसिलिन्डर ४० रुपैयाँ घाटा हुने भएपछि मूल्य नघटाइएको हो ।