पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउन २४ घण्टे अल्टिमेटम

323
  •  
  •  
  •  

काठमाडौं, ७ पुस (ओएनएस) : विभिन्न पार्टी समर्थित विद्यार्थी संगठनहरुले पेट्रोलियम पर्दाथको मूल्य अझै घटाउनको लागि नेपाल सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

अनेरास्ववियुको कार्यालयमा सोमबार बिहान बसेको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार पेट्रोलियम पर्दार्थको मूल्य नघटेको भन्दै फेरि घटाउनको लागि अल्टिमेटम दिएको नेविसंघका प्रवक्ता युपी लामीछानेले जानकारी दिए ।

साथै पेट्रोलियम पदार्थको मूल्य घटेअनुसार सार्वजनिक यातायतको भाडा घटाउन पनि विद्यार्थीले माग गरेका छन् ।

आयल निगमले शुक्रबार साँझ पेट्रोलमा रु ७ र डिजेलमा ७ रुपैयाँ ५० पैसा घटाएको थियो । मूल्य घटेपछि पेट्रोल रु ११६ र डिजेल ९० रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरिएको छ । विद्यार्थी संघठनहरुले भोलि मंगलबारसम्म मूल्य नघटे बुधबार आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएका छन् ।

विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वबिद्य यालयले सहमति विपरीत उपत्यकाका आंगिक क्याम्पसमा सेमेस्टर सिस्टम सञ्चालनको लागि फाराम वितरण गरेको भन्दै विरोध जनाएको छ । साथै वितरण जारी राखे अवरोध गर्ने पनि विद्यार्थीहरुले चेतावनी दिएका छन् ।


  •  
  •  
  •