चीनबाट इन्धन ल्याउन व्यापारिक सम्झौता अन्तिम चरणमा

158
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(ओएनएस) : चीनका लागि राजदुत डा. महेश मास्केले आज उपराष्ट्रपतिलाई भेट गरी चीनबाट इन्धन ल्याउन व्यापारिक सम्झौताको अन्तिम गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटवार्तामा मास्केले उपराष्ट्रपति पुनलई चीनले अहिलेसम्म इन्धन निर्यात नगरेको र निर्यातसम्बन्धी नीति निर्माण गर्न लागेका कारण व्यापारिक सम्झौता हुन ढिलाई भएको जानकारी दिएका हुन् ।

उपराष्ट्रपति पुनका प्रमुख स्वकीय सचिव शुकबहादुर रोकाका अनुसार राजदुत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए

पनि ग्यासका बुलेट केरुङबाट ल्याउन अप्ठ्यारो हुने भएकाले तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् । चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार निर्माण गरेर ग्यासका बुलेट पाँचखाल ल्याउन सकिने जनाएको मास्केले बताए ।

चीनले केरूङ नाकाबाटै ल्याउन चाहेपनि नेपालतर्फको बाटो साँघुरो भएकाले ग्यासको बुलेट तातोपानीबाट ल्याउने प्रस्ताव गरिएको मास्केको भनाई छ ।


  •  
  •  
  •