मोटरसाइकललाई मंगलबारदेखि ४ लिटर पेट्रोल

453
  •  
  •  
  •  

काठमाडौँ, २० मंसिर(ओएनएस) : नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा मोटरसाइकललाई मंगलबारदेखि पेट्रोल वितरण गर्ने भएको छ ।

सोमबारदेखि वितरण गर्ने भनिएपनि निगममा आज आइतबार भएको छलफलपछि सवारीको लटका आधारमा दिन बिराएर चार दिन अर्थात् मंसिर २२, २४, २६ र २८ गते पेट्रोल वितरण गर्ने भएको छ । प्रत्येक मोटरसाइकललाई ४ लिटरका दरले पेट्रोल दिने आयल निगमले जनाएको छ ।

चार पांग्रे सवारीलाई तेल दिने सम्बन्धमा भने पछि सुचना प्रकाशित गरिने निगमले जनाएको छ ।

petrol for bike from tuesday


  •  
  •  
  •