आज चारपांग्रे सवारीलाई पेट्रोल वितरण गरिँदै

150
  •  
  •  
  •  

काठमाडौँ, १५ माघ(ओएनएस) : नेपाल आयल निगमले आज काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा निजी चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्दैछ ।

निगमले आज शुक्रबार ७ देखि १० लटका निजी कार तथा जीपलाई पेट्रोल वितरण गरिने जनाएको छ । निजी कार तथा जीपलाई पेट्रोल वितरण गर्नका लागि भोली ९ बजेदेखी ५३ वटा पेट्रोल पम्पबाट पेट्रोल वितरण गरिने पनि निगमले जारी गरेको सूचनामा उल्लेख छ ।

एउटा चारपांग्रे निजी सवारीलाई १५ लिटर पेट्रोल दिइने छ भने त्यसका लागि सवारीको नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ ।

यसपछि अन्य लटका कारलाई पनि तेल दिने निगमको तयारी छ । तेलको मौज्दात हेरेर ११ भन्दा माथिका लटका कारलाई पेटोल दिने दिन तोकिने आपूर्ति मन्त्रालयले जनाएको छ ।

private car petrol_Page_1private car petrol_Page_2


  •  
  •  
  •