अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार गरी विद्यालयमा आगजनी

171
  •  
  •  
  •  

महोत्तरी, १२ मंसिर(ओएनएस) : महोत्तरी जिल्लाको सोनामाई गाविसमा शुक्रबार साँझ अज्ञात व्यक्तिहरूको समूहले एक विद्यालयमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।

सोनामाई गाविसमा रहेको एसएम ग्यालेक्सी बोर्डिङ स्कूलमा कोही नभएको मौका छोपेर अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विद्यालयको प्रधानाध्यापक बस्ने कोठामा आगजनी भएको र त्यहाँ रहेका दराज, फर्निचर, स्टेशनरीसहित केही महत्वपूर्ण कागजातहरू नष्ट भएको छ ।

प्रहरी नायब उपरीक्षक बिनोद सिलवालले साँझको समय स्कुल सुनसान रहेको र अँध्यारोसमेत भइसकेको अवस्थामा आगजनी गरिएको जानकारी दिएका छन् । घटनाको छानबिन भइरहेको प्रवक्ता डीएसपी सिलवालले बताएका छन् ।


  •  
  •  
  •