डिसहोमको स्टेशनमा पेट्रोल बम प्रहार

212
  •  
  •  
  •  

काठमाडौँ, १ पुस(ओएनएस) : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भैसेपाटीस्थित डिसहोमको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् । ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बुधबार बिहान नेकपा माओवादीका कार्यकर्ताले बम हानेर क्षतिग्रस्त बनाएका हुन् ।

बम प्रहारपछि डिस होमको प्रसारण सेवा बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यका अनुसार डिसहोमको अर्थ स्टेशन काम नलाग्‍ने भएपछि पुनः प्रसारण गर्न वैकल्पिक माध्‍यमको तयारी भइरहेको छ ।

भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण रोक्न पटक-पटक आग्रह गरेपनि वेवास्ता गरेपछि आफूहरूले चेतावनीस्वरूप यो कारबाही गरेको नेकपा माओवादीले जनाएको छ । घटनाको जिम्मेबारी लिँदै डिसहोमले उक्त कार्य बन्द नगरेमा शसक्त कारबाही गर्ने समेत चेतावनी दिएको छ ।


  •  
  •  
  •