बढ्यो पेट्रोलियम पदार्थको मूल्य

48
  •  
  •  
  •  

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रू.५ र डिजेल तथा मटितेलमा प्रतिलिटर रू.२ का दरले वृद्धि गरिएको छ ।

ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । काठमाडौंमा अव पेट्रोलको मूल्य प्रतिलिटर रू.१०१ र डिजेल प्रतिलिटर रू.८७ पुगेको छ ।


  •  
  •  
  •