पेट्रोलियम पदार्थको मुल्य घट्यो(हेर्नुहोस् कहाँको मूल्य कति)

95
  •  
  •  
  •  

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य घटेको छ ।  नेपाल आयल निगमले एक सय नौ रुपैयाँ प्रति लिटरमा पाइने प्रेट्रोल, ९७ रूपैयाँ प्रति लिटरमा पाइने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँको दरले मुल्य घटाएको हो ।

मंगलबारबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ आउने भएपछि मुल्य घटाइएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पैडेलले जानकारी दिए ।

अब काठमाडौंको नयाँ खुद्रा मुल्य पेट्रोल प्रति लिटर एक सय सात रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ९५ रूपैयाँ कायम भएको छ ।
घटेको पेट्रोलको मूल्य मंगलबार १२ दिउँसो बजेदेखि नै लागु भएको निगमले जनाएको छ ।


  •  
  •  
  •