पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति?

121
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ (ओएनएस) : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।

हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको नगमले जनाएको छ।


  •  
  •  
  •