पेट्रोलियम पदार्थमा ८ महिनापछि मूल्य घट्यो

95
  •  
  •  
  •  

काठमाडौं, ३ असार (ओएनएस) : ८ महिनादेखि लगातार वृद्धि हुँदै आएको पेट्रोलियम पदार्थको भाउमा केही गिरावट आएको छ।

नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा २–२ रुपैयाँले भाउ घटाएको हो।

अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय १० तथा डिजेलको मूल्य ९३ कायम भएको छ। हाल पेट्रोलको प्रतिलिटर मू्ल्य १ सय १३ तथा डिजेलको मूल्य ९५ रहेको छ।  गत कात्तिकमा ७४ रुपैयाँ प्रतिलिटर रहेको डिजेलको मूल्य त्यसयता घटेको थिएन।

भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियमको भाउ घटाइएको तर खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।


  •  
  •  
  •