डिपोबाटै प्रतिट्यांकर २ सय लिटर तेल ठगी

287
  •  
  •  
  •  

काठमाडौं १० बैशाख।
उपभोक्तलाई सहज रुपमा पेट्रोलियम उपलव्ध गराउने दायित्व रहेको नेपाल आयल निगमको डिपो नै ठगीमा संलग्न भेटिएको छ । निगमको अमलेखगन्जस्थित डिपोले प्रतिट्यांकर २ सय लिटरसम्म तेल ठगी गरेको पाइएको छ ।

गुणस्तर तथा नापतौल कार्यालयको टोलीले बिहीबार डिपोको ‘प्रुभिङ ट्यांक’ जाँच गर्दा तेल परिमाण कम भेटिएको हो । त्यसलगत्तै अमलेखगन्ज डिपोप्रमुखलगायत कर्मचारीले ट्यांकरको ‘क्यालिब्रेसन’ गर्न नदिई नापतौल टोलीलाई फिर्ता पठाएका थिए ।

गुणसतर र परिमाण मापन गर्ने जिम्मेवारी पाएको निकायलार्य नै अटेरी गरेपछि डिपोको बदमासी अझ प्रस्ट भएको व्यवसायी बताउँछन् । व्यावसायिक प्रयोजनमा ल्याइएको नापतौल प्रणाली राज्यले तोकेको मापदण्डअन्तर्गत रहेनरहेको पत्ता लगाउने पक्रिया ‘क्यालिब्रेसन’ हो ।

नागरिकबाट


  •  
  •  
  •