काठमाडौं, ४ माघ (ओएनएस) : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि घटाएको छ। निगमले आजैदेखि लागुहुने गरि मूल्य घटाएको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोल र डिजेलको मूल्य घटेकाले नेपालमा पनि मूल्य समायोजन गर्दा मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ घटाएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।
समायोजित मुल्यअनुसार पेट्रोलको मुल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ। अन्तराष्ट्रिय बजारको मूल्य अनुसार पेट्रोलको मूल्य समायोजन भए पेट्रोलमा ३ रूपैयाँसम्म घटाउनुपर्ने थियो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल घटेर ४५ डलरमा पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमको समाचारलाई मान्ने हो भने पेट्रोलियम पदार्थको मूल्य अझै घट्ने छ । त्यसैगरी, डिजल र मट्टितलको मुल्य ८८ रुपैयाँ निर्धारण गरेको छ।