काठमाडौं ५ चैत ।
सरकारले पेट्रोलियम आयातको लागि अनुमति दिइएका प्राइभेट कम्पनीहरुको अनुमति रद्द गरेको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पेट्रोलियम आयात गर्ने अधिकार नेपाल आयल निगमलाई मात्र रहने गरी अन्य कम्पनीको अनुमति रद्द गरेको हो ।
‘आयल निगम बाहेक अन्य कुनै पनि कम्पनीले पेट्रोलियम पदार्थ आयात र बिक्री गर्न पाउने छैन्’, बैठकपछि सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने ।
यसअघि ३६ वटा कम्पनीहरुलाई पेट्रोलियम आयात तथा बिक्रीको लागि अनुमति दिइएको थियो ।
भारतीय नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थको हाहाकार भएपछि सरकारले निजी कम्पनीहरुलाई पेट्रोल आयात गरेर बिक्री गर्ने अनुमति दिएको थियो ।
विराट पेट्रोलगायतका कम्पनीहरुले त्यस्तो अनुमति पाएको थिए । विराटले पेट्रोलियम पदार्थ आयात गरेर बिक्री समेत गरेको थियो । तर उसको बिक्री दर बजार मूल्य भन्दा ३० रुपैयाँ बढी भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।
र, यो प्रकरणमालाई लिएर आर्थिक अनियमितता भएको हुनसक्ने भन्दै संसदीय समितिमा समेत कुरा उठेको थियो । कान्तिपुरबाट