‘चीनसँगको समझदारीले भारतले तेल नदिएको खुलासा’

228
  •  
  •  
  •  

काठमाडौं १८ फागुन ।
पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।इण्डियन आयल कर्पोरेशनसँग तेलको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल दिएको छैन ।निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन् ।

सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो । ‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’ आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन् ।
कारोबारबाट


  •  
  •  
  •