उपभोक्ता ‘लुटेर’ ९० करोड बोनस बाँड्ने आयल निगमको तयारी

117
  •  
  •  
  •  

काठमाडौं १ माघ ।
उपभोक्ताहरुलाई अस्वाभाविक रुपमा महँगो मूल्य लिएर इन्धन बेचिरहेको नेपाल आयल निगमले गएको आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई ९० करोड रुपैयाँ बोनस बाँड्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा गिर्दो मूल्यअनुरुप समायोजन गरिए उपभोक्ताले नेपालमा ८० रुपैयाँ प्रतिलिटर पेट्रोल पाउनुपथ्र्यो । अभावबीच उपभोक्ताले महँगो मूल्य मात्र होइन, कालोबजारीको भर पर्नुपरेको नागरिकमा खबर छ ।

अघिल्ला आर्थिक वर्षमा सञ्चित घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकार सँग लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरिरहेको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य व्यापक गिरावटसँगै नाफामा जान थालेकोले यो सम्भव भएको हो । बोनस बाँड्दै गर्दा निगमले अझै सरकारलाई १२ अर्ब तिर्न बाँकी छ ।
नागरिकबाट


  •  
  •  
  •