अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल

214
  •  
  •  
  •  

काठमाडौं २३ पुस । आयल निगमले अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल वितरणको तयारी गरेको छ । ‘दैनिक बरौनीबाट साढे तीन लाख, बेतालपुरबाट चार लाख र गोन्डाबाट चार लाख लिटर पेट्रोल ल्याउन खोजेका छौँ ।

त्यसअनुसार आयात भए उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटरका दरले वितरण गर्ने योजनामा छौँ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘तीनवटै डिपोले मागेजति तेल दिने सहमति गरेका छन् ।’

इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुढी डिपोबाट पुस सुरुदेखि नै सामान्य अवस्थाकै जति इन्धन नेपाल आउने गरेको छ । अहिले दैनिक पेट्रोल ६० हजार, डिजेल दुई लाख र हवाई इन्धन ४० हजार लिटर आउने गरेको छ । निगमले हवाई इन्धन दुई लाख लिटर लोड दिन अनुरोध गरेको छ । सिलगुढी डिपोले पनि सहमति जनाएको छ । नयाँपत्रिका दैनिक


  •  
  •  
  •