इथियोपियन एयरलायन्सले शुक्रबारदेखि इन्धन ल्याउने

86
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर ।
अफ्रिकी जहाज कम्पनी इथियोपियन एयरलायन्सले शुक्रबारदेखि दैनिक ३ लाख लिटर हवाई इन्धन (एटीएफ) भारतबाट ल्याउने पक्कापक्की भएको छ । इथियोपियाको सरकारी ध्वजावाहक विमानले नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डिपोलाई ईमेल पठाउँदै शुक्रबार बिहान पहिलो उडान गर्ने जानकारी दिएको हो ।

उक्त विमानलाई ग्लोबल टेन्डरबाट छानिएको पेट्रोलिम्याक्स नेपालले भाडामा लिई हवाई इन्धन ल्याउन लागेको हो । ‘सबै प्रक्रिया करिब करिब सकियो, शुक्रबार बिहान पहिलो एटीएफ डेलिभरी दिँदै छौं,’ पेट्रोलिम्याक्सका एक जना लगानीकर्ताले भने । उनले इथियोपियन एयरलायन्ससँग भएको कार्गो ढुवानी सम्झौताअनुसार नयाँ विमान बोइङ ७७७ लाई इथियोपियाबाट भारतमा ल्याइने बताउँदै भने, ‘हामीले त्यो विमानबाट भारतको कोलकाता, लखनउ र आवश्यक परे बंगलादेशको ढाकाबाट पनि हवाई इन्धन ल्याउने छौं ।’ उक्त विमानले एउटा उडानमा कम्तीमा पनि १ लाख लिटर हवाई इन्धन ल्याउने छ ।
कान्तिपुरबाट


  •  
  •  
  •