आज फेरि पेट्रोलियम  पदार्थको मूल्य घट्ने

142
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक (ओएनएस) :  सरकारले पेट्रोलियम पदार्थको मूलय फेरि घटाउने भएको छ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको हो । भारतीय वजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपछि नेपालमा पनि घटाउने तयारी गरिएको निगमले जनाएको छ ।

भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेलमा २ रुपैयाँ ४१ पैसा मुल्य घटेको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने संचालक समितिको निणर्य अनुरुप आज मुल्य घटाउने तयारी भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यसअघि निगमले गत कातिर्क २ गते पेट्रोलमा २ रुपैयाँ ५९ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैया ६ पैसा घटाएको थियो ।


  •  
  •  
  •  

Comments are closed.