अन्तिम समयमा इन्धन सम्झौता गर्न चीन जाने टोली रोकियो

223
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर (ओएनएस) : इन्धन सम्झौता गर्न चीन जान लागेको सरकारी टोली अन्तिम समयमा रोकिएको छ ।
हिजो चीन जाने भनिएको टोली आज पनि रोकिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनले आज टोली जाने हिजो पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए । निगमका अनुसार चीनमा भोली र पर्सि सार्वजनिक विदा परेकोले विहीबार र शुक्रवार जाँदा दुई दिन कुर्नु पर्ने भएकोले निगमको टोली नगएको हो । अब भोलिमात्रै निगमको टोली चीन जाने बताइएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा ७ सदस्यीय टोली शनिबार बेइजिङ जाने भएको हो। टोली भोलि दिउँसो २ बजेतिर चीन प्रस्थान गर्ने कार्यक्रम छ । टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, नापतौल विभागका प्रतिनिधि रहनेछन् ।

भ्रमणका क्रममा नेपाल आयल निगम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो चाइना)सँग इन्धन खरिद सम्बन्धी व्यापारिक सम्झौता हुने छ ।


  •  
  •  
  •