नाका फेरि ठप्प, इन्धन आउन अवरुद्ध

130
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक (ओएनएस) : भारत नाकामा कडाई गरेपछि थोरै आइरहेको इन्धन फेरि रोकिएको छ । भारतले इन्धन आपूर्ति ठप्प पारेको छ।

वीरगन्जबाहेकका नाका केही खुकुलो भए पनि पछिल्लो तीनदिन यता सबै नाकामा कडाई गरिएको छ । रुपैडिया नाकामा चार दिनदेखि इन्धन आपूर्ति ठप्प छ । अघोषित नाकाबन्दीमा पनि सहज रहँदै आएको रुपैडिया नाका एकाएक भारतीयण् पक्षले एकतर्फी अवरुद्ध पार्दै आएको छ । यो नाकाबाट इन्धन भित्रिएको छैन।

सोमबार रातीसम्म सिमेन्टमा राख्ने रसायन किलिङकर १० गाडी, चामल तीन गाडी, माछा एक गाडी र सुपारी दुई गाडी भित्रिएका छन् । नेपाल–मधेसमा जारी आन्दोलन र भारतले पारवहनमा गरेको अवरोधका कारण अत्यावश्यकभन्दा बाहेकका आलु, टमाटर बोकेका सवारीसाधन आएपनि इन्धन आउन सकेको छैन ।

खाद्यान्न बाकेको मालवाकह सवारी साधान पनि काम मात्र आइरहेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय नाकाबाट सामान्य अवस्थामा पेट्रोलियम ट्यांकर र ग्यास बुलेटसहित दुई हजार सवारी भित्रिने गरेको थियो । आन्दोलनसँगै त्यो सङ्ख्या घट्दै गई गत ५० भन्दा बममा पुगेको छ ।

नेपाल आयल निगमले चीनबाट पेट्रोलन आएर संकट टार्ने उपायको खोजी भइरहेको बताएको छ ।


  •  
  •  
  •