आजदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य घट्यो

80
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक ।
नेपाल आयल निगमले आइतबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा दुई रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबारै नयाँ मूल्य पठाए पनि दुइ दिन ढिला गरी नयाँ मूल्य समायोज गरेको हो । अव पेट्रोलको मूल्य काठमाडौंका लागि प्रतिलिटर एक सय ३० कायम हुनेछ । अहिले एक सय ३३ रुपैयाँ ६ पैसा पर्छ । डिजेल र मट्टितेल अव प्रतिलिटर एक सय ३ रुपैयाँमा पाइनेछ ।


  •  
  •  
  •