फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

106
  •  
  •  
  •  


काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ। आयल निगमको संचालक समितिको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

 

 


  •  
  •  
  •