पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्न स‌ंसदमा उठ्याे अावाज

33
  •  
  •  
  •  

काठमाडौं, ४ असाेज (ओएनएस) : पेट्रोलियम पदार्थमा बढाइएको मूल्य बृद्धि तत्काल फिर्ता लिन सभामसख मार्फत सांसद उमा रेग्मीले सरकारलार्इ आग्रह गरेकी छन्।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समायमा बोल्दै सांसद रेग्मीले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएकोमा आपत्ति जनाउँदै बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारलार्इ आग्रह गरेकी हुन्।

सांसद रेग्मीका अनुसार नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको भाउ बढाएपछि सर्वसाधारण मारमा परेका छन्। सरकारले कर बढाएको र जनताको महंगीले ढाड सेकिएको अवस्थामा फेरि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनातको ढाड सेक्ने काम भएको उनको भनाई छ।

यता इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य हेरफेर गरिएकाे निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बताए। उनले नयाँ मूल्यसूचीअनुसार निगमलाई अहिले पनि १५ दिनमै ३१ करोड ३७ लाख रुपैयाँ घाटा हुने गरेकाे बताए।


  •  
  •  
  •