काठमाडौं, २४ असाेज (ओएनएस) : पर्सामा स्वचालित बन्दुकसहित एक युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ। नजिकीदै गरेको चाँडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयको विशेष सुरक्षा योजना अन्तरगत परिचालित प्रहरीले पर्टेर्वासुगौलि गा.पा वडा नं. ४, फरदवा भलुवाही खोलाको बगर बाट मनोज पासवानलार्इ पक्राउ गरेकाे हाे।
पासवान शंकाष्पद तवरले सुगौली गाँउ देखि निचुटा तर्फ पैदल हिडिरहेको देखेर प्रहरीले उनकाे खानतलासी गर्दा स्वचालित पेस्तोल थान १ र उक्त पेस्ताेलःमा लाग्ने खालि म्यागजिन थान १ फेला पारेकाे हाे। उनलाई हतियार सहित प्रहीरीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेकाे छ।