दुई भारतीय नागरिक इटालियन पेस्तोलसहित पक्राउ

413
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : दुई भारतीय नागरिकलाई पेस्तोलसहित बारा प्रहरीले पक्राउ गरेकाे छ। नेपाल-भारत सीमाबाट इटालियन पेस्तोलसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद-२ का १९ वर्षीय चन्दनकुमार र सुन्दरपुरका २० वर्षीय सञ्जय कुमार राय रहेका छन्।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराले नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटकाे गाडीमा चढेर नेपाल प्रवेश गर्न लागेका उनीहरुलार्इ पेस्तोलसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट स्वचालित इटालियन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र दुई राउन्ड गोली बरामद् गरेकाे हाे।
‘भारतबाट डिएल २ सिक्यु ४०५३ नम्बरको बोलेरो चढेर आएका थिए’, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका प्रहरी उपरीक्षक बिनुप्रसाद पाठकले भने, ‘नाइन-एमएम ब्रोनिङ्ग नामक इटालियन स्वचालित पेस्तोल बरामद भएको छ।’
पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि अस्थायी प्रहरी चौकी बेलदारीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ

  •  
  •  
  •