ठमेलमा अमेरिकन पेस्ताेलसहित युवा पक्राउ

318
  •  
  •  
  •  

काठमाडाैँ, ८ बैशाख (अाेएनएस) : अमेरिकन पेस्ताेलसहित प्रहरीले एक युवालार्इ ठमेलबाट पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा ९ स्थाई घर भई हाल निजगढ वारामा वस्ने २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेकाे हाे।

विशेष सूचनाकाे अाधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गद्धारा खटिएकाे प्रहरी टोलीले शिकारीलाई ठमेल ज्याठाबाट गरेकाे हाे।

प्रहरी टाेलीले  शिकारीलाई युएसए लेखिएकाे ७.९९ एमएमकाे पेस्ताेल र उक्त पेस्ताेलमा लाग्ने लाेड गरिएकाे ५ राउण्ड गोलीसहित पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता माेहन थापाले बताए। शिकारीमाथि थप अनुसन्धान भर्इरहेकाे प्रहरीले जनाएकाे छ।

 


  •  
  •  
  •