गणेश लामा चाइनिज पेस्तोल र गोलीसहित पक्राउ

230
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : विभिन्न आपराधिक क्रियाकलापका कारण विवादमा आइरहने काभ्रेली युवा गणेश लामालाई प्रहरीले पेस्तोल र उक्त पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ गरेको छ।

प्रहरीले लामाको साथबाट चाइनिज पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ६ राउन्ड गोलीसमेत बरामद गरेको छ

गौशालास्थित इन्द्रेणी कम्प्लेक्समा जिम गरेर फर्कने क्रममा लामाको साथमा रहेको उक्त पेस्तोलबाटै गोली चलेको
भन्दै प्रहरीले लामालाई नियन्त्रणमा लिएको हो।

गोली चलेको केही समयपछि उक्त स्थानमा प्रहरीको टोलीले पुगेर लामालाई पक्राउ गरेका थियो। बुधबार राति पक्राउ परेका लामालाई परिसरमा राखेर थप अनुसन्धान कार्य अगाडी बढाइएकाे परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।।

तर लामाले भने आफूलाई अन्य समूहले आक्रमण गरेको प्रहरी समक्ष बयान दिएका छन्। उनले आफ्नो साथमा रहेको पेस्तोल बुझाउन खोज्दा खोज्दै प्रहरीले पक्राउ गरेको दाबी पनि गरेका छन्।प्रहरीले उठाएको मुचुल्कामा भने लामाले सहि गर्न मनिरहेका छैनन्।

परिसरका प्रवक्ता डिएसपी थापाले लामा विरुद्ध अवैध हतियार तथा खर खजानामा मुद्दा चलाइने भएकोले थप अनुसन्धानको लागि आज अदालतमा पेशगरी म्याद थप गराउने बताए।


  •  
  •  
  •