भेटियो चाल्नाखेल घटनामा हराएको डिएसपी कार्कीको पेस्तोल

535
  •  
  •  
  •  

काठमाडौँ, ९ पुस(ओएनएस) : कीर्तिपुरको चाल्नाखेलस्थित एभरेष्ट ग्यास उद्योगबाट मंगलबार दिँउसो हराएको डिएसपी टिकाबहादुर केसीको पेस्तोल बुधबार भेटिएको छ ।

एभरेष्ट ग्यास उद्योग अगाडि मंगलबाट प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा डिएसपी केसीको पेस्तोल हराएको थियो ।

महानगरीय प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले टौदह-१५ का विकेश कार्कीको घरबाट पेस्तोल भेटिएको बताए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछका क्रममा कार्कीले आफूले उक्त पेस्तोल खोलामा फेला पारेको बयान दिएको प्रहरीले जनाएको छ ।

पेस्तोल हराएपछि डिएसपी केसीलाई महानगरी प्रहरी आयुक्तको कार्यालयमा तानेर उनको स्थानमा डिएसपी प्रेम बस्नेतलाई पठाइएको छ ।


  •  
  •  
  •