पेस्तोल र सुनसहित चारजना पक्राउ

203
  •  
  •  
  •  

धनगढी । धनगढीबाट प्रहरीले पेस्तोल र सुनसहित चारजनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईवी) को टोलीले चार थान पेस्तोल र सुन सहित चार जनालाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर

पक्राउ परेकामध्ये तीन जनाको मात्र परिचय खुलेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राना, र मटियारीकी कमल बिक र वडा नम्बर ३ का रुद्र प्रसाद अधिकारी रहेका छन् ।

अर्का एक जनाको नाम भने खुल्न सकेको छैन । प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ ।

हतियार सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले स्विकारे पनि नाम भने खोलेको छैन । पक्राउ परेका राना मिटर ब्याज, ढुकुटी लगायतका अबैध धन्दामा संलग्न भएको जानकारी पाएपछि प्रहरीको सिआईवी टोलीले उनको निगरानी थालेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरीक्षक सुदीप गिरीले केही व्यक्ति चार थान पेस्तोल सहित पक्राउ गरेको पुष्टि गरेपनि उनीहरुका बारेमा बिस्तृत जानकारी भने चाँडै पत्रकार सम्मेलन मार्फत दिइने बताए ।


  •  
  •  
  •