पेस्तोलसहित पक्राउ

244
  •  
  •  
  •  

संखुवासभा,२३ फागुन (ओएनएस) : संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँ बस्ने २३ वर्षीय बुद्धिमान तामाङसहित दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

फाइल तस्बिर

उनीहरुको साथबाट मेड इनयुएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •