काठमाडौ, ३ पुस(एजेन्सी) : पाकिस्तानको पेशावर शहरमा एक सैनिक स्कुलमा हमला गरी १ सय ३२ बच्चाहरूसहित १ सय ४५ जनाको हत्या गरेका आतंककारीहरूको निर्मतताका समाचारहरू निरन्तर आईरहेका छन् । उक्त हमलाका क्रममा आतंककारीहरुले आफ्नो संगठनसँग निरन्तर सम्पर्कमा रही अघिल्लो कदमबारे जानकारी लिइरहेको फोनको डिटेल फेला पारिएको छ । पाकिस्तानी जासुसी संस्थाले आंतककारीहरूविरूद्ध चलाइएको अपरेशनका क्रममा उनीहरूबीचको फोन डिटेल्स फेला पारेका हुन् ।
एक पाकिस्तानी प्रहरी अधिकारीका अनुसार शिक्षक, र बच्चाहरूमाथी अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरूको हत्या गरेपछि एक आतंककारीले निकै धेरै पटक फोन गरेको सञ्चारमाध्मयहरुले जनाएका छन् । अबुजार आतंककारीले फोनमा सोधेका थिए, ‘हामीले अडिटोरियमका सबै बच्चाहरूलाई मार्यौ । अब के गर्ने ?’ त्यस प्रश्नको जवाफमा उताबाट अब सेना आउने समयसम्म कुर र उनीहरुलाई मारेर आफूलाई विस्फोट गराउँ भनेका थिए ।
तालिबानको हमलाको त्रासदी झेलिरहेका पाकिस्तानमा सबैले दुःख र चिन्ता व्यक्त गरिरहेका छन् । सरकारी भवनहरूमा झण्डा आधा झुकाइएको छ । तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । व्यापारमा पनि नराम्रो प्रभाव परेको छ ।
आफ्ना बच्चाहरू गुमाएका आमाबाबुहरू रूँदै आफ्नो सन्तानलाई अन्तिम बिदाई गरेका छन् । आफ्नो नातिको शवलिन अस्पताल पुगेका एक बृद्धले सेनासँग सोधे, ‘सेनाको एटम बम र फाइटर प्लेन कहाँ छन् ? त्यसको के काम ? जब हाम्रो बच्चाहरू मृत्युबाट बच्न सकेनन् ।’
सेनाका एक अधिकारीले उक्त घटनाप्रति खेद तथा दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले अगस्त महिनामा नै तालिबान हमलालाई लिएर आशंका गरेको बताएका छन् । केहजी अध्यापकहरूले खुलेर नै भनेका थिए की विद्यालयको ढोकाहरू हमला रोक्नका लागि कमजोर छन् । तर त्यसक लागि केही पनि गरिएन ।