आक्रमणपछि आँशुले भिजेको पेशावर…(तस्विरसहित)

304
  •  
  •  
  •  

काठमाडौ, २ पुस(एजेन्सी) : पेशावरको सैनिक विद्यालयमा भएको तालिवानी हमलामा १ सय ३२ विद्यार्थीसहित १ सय ४१ जनाको हत्या गरिएपछि पूरै पाकिस्तान शोकमा डुबेको छ । आफ्ना छोराछोरीको लास अगाडी बाबुआमा तथा परिवारको रूवाबासीले पुरै पेशावर शोकमग्न बनेको छ ।

आक्रमणबाट मृत्यु भएका विद्यार्थीसहित अन्य कर्मचारी तथा शिक्षकहरुखो अन्तिम संस्कारका कार्यहरू पनि भइरहेको छ । आफ्नो सन्तानलाई आफूभन्दा अगाडि बिदाई गर्दा कुन चाँही बाबुआमाको मन थामिएला र ? हरेक बाबुआमाको आँखाबाट अश्रुधारा बगिरहेका छन् । सन्तानलाई अन्तिम संस्सार गर्न लैजान क्रममा बाटै भरी आँशुका धारा बगाउँदै हिडिरहेको अन्तराष्ट्रिय माध्मयहरूले खिचेका तस्विरहरुमा प्रष्ट देखिएको छ ।

तहरिक-ए-तालिबान पाकिस्तानका ६ आतंककारीहरुले पेशावरको सैनिक विद्यालयमा गरेको उक्त आक्रमणलाई पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राष्ट्रिय त्रासदी भन्दै देशमा तीन दिन शोकको घोषणा समेत गरेका छन् ।

यस्तै, यस घटनाको अन्तराष्ट्रिय स्तरबाट समेत निन्दा र भर्त्सना गरिएको छ ।

हेरौ उक्त घटनाका केही तस्विरहरू…

peshawar-in-pain3 peshawar-in-pain4 peshawar-in-pain5 peshawar-in-pain6 peshawar-in-pain7 peshawar-in-pain8 peshawar-in-pain9 peshawar-in-pain peshawar-in-pain1 peshawar-in-pain2

तस्विरः रोयटर्स


  •  
  •  
  •