३६ वर्षपछि पेरुले विश्वकप खेल्दै, न्युजिल्यान्डको सपना अधुरै

222
  •  
  •  
  •  

काठमाडौँ, ३० कात्तिक (ओएनएस) : आउदो वर्ष रुसमा हुने विश्वकप प्रतियोगितामा पेरु छनोट भएको छ । विश्वकप खेल्ने ३२ देशहरुमा पेरु अन्तिम टिम स्वरुप विश्वकपमा छनोट भएको हाे ।

विहिवार विहान भएको  विश्वकप छनोटको अन्तिम खेलमा पेरुले न्युजिल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेर ३६ वर्षपछि विश्वकपमा फर्किएको छ । यो हार सँगै न्युजिल्यान्डको २०१८ को विश्वकप खेल्ने सपना अधुरै रहेकोछ ।

पेरु र न्युजिल्यान्डको पहिलो लेग गोलरहित बराबरी भएको थियो । पेरुले दोस्रो लेगमा आफ्नो घरेलु मैदान फाइदा उठाउदै विश्वकपमा छनोट भएको छ । खेलको २७ औँ मिनेटमा फारफानको गोलबाट अग्रता लिएको पेरुले ६५ औँ मिनेटमा क्रिष्टियनले गोल गदै घरेलु टोलीको अग्रता दोब्वर पारेका थिए । खेलमा अन्य गोल हुन सकेन र पेरु २–० ले विजयी भयो ।

पेरु विश्वकपमा छनोट भएसँगै विश्वकप सन् २०१८ मा सहभागि हुने ३२ टिमहरुको टुङगो लागेको छ ।

विश्वकपमा सहभागि हुने देशहरुः

युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क ।

अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया,  सेनेगल  र इजिप्ट ।

दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु ।

एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया ।

उत्तर, मध्य अमेरिका तथा क्यारेबियन–  मेक्सिको, कोस्टारिका  र पानामा।


  •  
  •  
  •