पेरिसमा आज विशाल र्‍याली

62
  •  
  •  
  •  

काठमाडौं २७ पुस  (एजेन्सी) : फ्रान्सको राजधानीमा व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’माथि भएको आतंककारी आक्रमणको विरोध गर्दै आइतबार (आज) पेरिसमा विश्वका शीर्ष नेताहरुको उपस्थितिमा विशाल र्‍याली निकालिँदै छ ।

गत बुधबार ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालय, विहीबार एक प्रहरी अधिकारी तथा शुक्रबार डिपार्टमेन्टल स्टोरमा भएका हिंसात्मकआक्रमणमा १७ जना मारिएपछि सामूहिक एकताका लागि विश्वका शीर्ष नेताहरुको उपस्थितिमा र्‍याली गर्न लागिएको हो ।

र्‍यालीमा ४० भन्दा बढी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुने बताइएको छ । र्‍यालीमा जर्मन चान्सलर एन्जेला मर्केल, बेलायती प्रधानमन्त्री डेविड क्यामरुनलगायतका अधिकांश युरोपेली मुलुकका प्रमुख नेताहरु सहभागी हुने अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि, शनिबार पनि पेरिसका साथै फ्रान्सका विभिन्न सहरमा सर्वसाधारणले विशाल मौन जुलुस निकालेका थिए । ती मौन जुलुसमा सात लाखभन्दा बढी मानिसहरु सहभागी भएको बताइएको छ ।

गत बुधबार पेरिसस्थित ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालयमा भएको आक्रमणमा १२ जना मारिएका थिए । घटनामा संलग्न दुई बन्दुकधारीले शुक्रबार पूर्वी पेरिसको एक सुपरमार्केटमा केहि मनिसलाई बन्धक बनाएका थिए ।


  •  
  •  
  •