परफ्युम जसले पसिनालाई नै सुगन्धित बनाउँछ

289
  •  
  •  
  •  

aweet-perfumeबेलायती वैज्ञानिकहरूले एक यस्तो परफ्युमको विकास गरेका छन्, जसले पसीना बढ्दै जाँदा सुगन्ध पनि बढ्दै जान्छ । अर्थात् जति धेरै पसिना आउँछ त्यति नै धेरै सुगन्ध शरिरबाट निस्किन्छ ।

क्विन्स विश्वविद्यालय, बेलफास्टका सोधकर्ताहरूले यस्तो मलिक्युललाई छुट्टाउन सफल भएका छन्, जुन मलिक्युल नुनको सम्पर्कमा आउने बित्तिकै बास्ना फैलाउन थाल्छ । शोधकर्ताहरूका अनुसार यो नयाँ तरिकालाई प्राकृतिक सुगन्ध र गन्ध नभएको एक तरल पदार्थलाई मिलाएर बनाइएको हो । केमिकल कम्युनिकेशन जर्नलमा प्रकाशित समाचारका अनुसार उक्त पदार्थले पानीको सम्पर्कमा आएपछि बास्ना फैलाउँछ ।

यो तरिकामा पसिनाका कारण आउने दुर्गन्ध पनि हटाउने क्षमता राख्दछ । शोधकर्ताहरूका अनुसार यो खोजको व्यवसायीक प्रयोगको सम्भावना पनि रहेको छ र परफ्युम बनाउनका लागि एक कम्पनीसँग मिलेर काम गरिरहेका छन् ।


  •  
  •  
  •