चीनकी २४ वर्षीय महिला विश्वको सबैभन्दा कान्छी अरबपति

258
  •  
  •  
  •  

perennaकाठमाडौ, १७ पुस(एजेन्सी) : चीनकी एक २४ वर्षीय महिला १.३ अरब डलर सम्पत्तिका साथ विश्वकै सबैभन्दा कम उमेरकी अरबपति भएकी छिन् । उनले फेसबुकका सह-संस्थापक डस्टिन मोस्कोवित्जको स्थान लिएका छन् ।

एक प्रतिवेदनका अनुसार चीनको रीयल स्टेट डेभेलपर लोगान प्रोपर्टीका अध्यक्ष र मुख्य कार्यकारी अधिकारी जी ह्यापेंगकी छोरी पेरेन्ना होई टिंग कम्पनीकी गैर-कार्यकारी निर्देशक हुन् र १.३ अरब डलर सम्पत्तीका साथ कम्पनीमा उनको ८५ प्रतिशत शेयर रहेको छ ।

उनले लण्डन विश्वविद्यालयबाट स्नातक गरेकी हुन् र हङकङमा बस्दै आएकी छिन् ।


  •  
  •  
  •