ज्योतिषले भने : ‘माघ ८ मै संविधान, त्यसपछि ओली प्रधानमन्त्री’

187
  •  
  •  
  •  

काठमाडौं, १५ पुस (ओएनएस) : यो जाडोमा नेपालको राजनीतिक गर्मागर्मी बढीरहेको बेलामा, बेलाबखत विभिन्न नेताको भविश्यवाणी गरेर चर्चामा आउने एक ज्योतिषले भविश्यवाणी गर्दै केपी शर्मा ओली माघ ८ पछि प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

ज्योतिष तान्त्रिक विहङमराज तिमिल्सेनाले स्व. कृष्ण प्रसाद भट्टराई, शेर वहादुर देउवा, रामचन्द्र पौड्यालको भविश्यवाणी गरेर विगतमा चर्चामा कमाईसकेका छन् ।

१७ बर्ष नेपाली सेनाको पण्डित समेत भैसकेका उनले माघ ८ गते संविधान आउने या नआउने दोधार भएकाको र एमाले अध्यक्ष के.पी वलीको प्रधानमन्त्रि हुने हल्ला चलिरहेको बेलामा यो कुरा बाहिर ल्याएका हुन् ।

ज्योतिष तिमिल्सेनाले भने–‘नेताहरु एकै ठाउान बसेर दशमहाविद्या जगाउनुका साथै नेताहरुको योग मिल्यो भने तोकिएकै मितिमा संविधान आउने छ । तर त्यसकोलागी नेताहरु तयार हुनु प¥यो म जतिखेर पनि त्यो कार्य गराउनको लागि तयारै छु ।’

नेपालमा जे जस्तो व्यवस्था आएपनि गुरु वृहस्पति बलवान रहेकाले हिंसा तथा काटमार नहुने ज्योतिषको तर्क रहेको छ । आफुले भविश्यवाणी गरेको कुरा तलमाथि नहुने भएकाले कसैलाई केही लागेमा ९८४१३१४१२० मा सम्पर्क गर्न सकिने बताए


  •  
  •  
  •