नेपालीको प्रतिव्यक्ति ऋण २४ हजार नाघ्यो 

341
  •  
  •  
  •  

Nepal-Rastra-Bank-602x330
काठमाडौं, ७ भदौं (ओएनएस) : नेपालीको प्रतिव्यक्ति ऋण थप बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ ।

आव २०७३÷७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले ६ खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । केन्द्रीय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन २०१७) जनसंख्या लगभग २ करोड ८८ लाखलाई हेर्दा प्रति नेपालीको थाप्लोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण पुगेको छ ।

गत वर्षको कुल जनसंख्या २ करोड ८४ लाख रहेको थियो भने सरकारले अघिल्लो आव २०७२÷७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब रहेको थियो ।

यस आधारमा प्रति नेपालीको भागमा २१ हजार ६ सय ३३ रुपैयाँ ऋण पर्न आएको थियो । सरकारलाई ऋण बढेसंगै नेपालीको थाप्लोमा पनि प्रतिव्यक्ति करिब तीन हजार रुपैयाँ ऋण थपिएको छ ।


  •  
  •  
  •