यी हुन् संसदीय समितिको बैठकमा लगातार गयल हुने सभासद

259
  •  
  •  
  •  

काठमाडौँ, २० पुस (ओएनएस) : व्यवस्थापीका संसदले सभासदहरुलाई जिम्मेवार बनाउन र निर्माण प्रक्रियामा सहभागि गराउन नियमावली बनाएको छ ।

नियमावली अनुसार लगातार पाँच पटकसम्म विना जानकारी वैठकमा सहभागि नभए सम्बन्धित समितिबाट हटाउन सकिने छ । तर, संसदको सुशासन तथा अनुगमन समितिमा प्रमुख नेताहरु विना जानकारी गयल भएका छन् ।

तीन नेता एकैदिन पनि बैठकमा पाइला टेकेनन् । समितिले आइतबार समितिको बैठकमा सहभागि नहुनेहरुको नामावली सार्वजनिक गरेको छ । समितिका अनुसार कांग्रेसका तीन सांसद एक पटक पनि बैठकमा गएनन् । नेता शेरबहादुर देउवा, प्रदीप गिरी र लीला कोइराला एकदिन पनि बैठकमा नगएका हुन् ।

समितिले आइतबार जनाएअनुसार १८ जना सभासद्ले संसद् नियमावली उल्लंघन गर्दै बैठकमा उपस्थित भएनन् । तीमध्ये अधिकांश शीर्ष नेता छन् । संसद् नियमावली अनुसार लगातार पाँचपटकसम्म अनुपस्थित हुने सभासद्लाई समितिबाट हटाउन सक्ने प्रावधान छ ।

नहटाई माफि दिने

अनुपस्थित भएका सभासद्लाई समितिले नहटाई माफि दिने भएको छ । माफि पाउने सभासदहरुलाई एक पटक स्पष्टिकरण भने सोधिने समितिका सभापति शेरधन राईले जानकारी दिए ।

माफी पाउने सभासदहरुमा आशा विक, उपेन्द्र यादव, कमल थापा, गणेश काङबाङ, कल्पना शर्मा, झलनाथ खनाल, पद्मनारायण चौधरी, पुष्पकमल दाहाल, प्रदीप गिरी, बाबुराम भट्टराई, मोहम्मद मुस्ताक आलम, लीला कोइराला, लालबाबु सिंह, विजयकुमार गच्छदार, शसांक कोइराला, शेरबहादुर देउवा, सरिताकुमारी यादव र सूर्यमान गुरुङ छन् ।

कुनै जानकारी नदिई लगातार पाँचवटा भन्दा धेरै बैठकमा उपस्थित नहुने सभासदहरुको नाम अनिताकुमारी परियार संयोजकत्वको अनुशासन उपसमितिले पेश गरेको हो ।

समितिका नेता सभासदहरुले बैठकमा आउन नसकेको विषयमा ध्यान दिनुपर्ने बताएपछि समितिले अनुपस्थित सभासदहरुलाई लिखित रुपमा एकपटक ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै सम्बन्धित दल र सभामुखलाई पनि लिखित रुपमा ध्यानाकर्षण गराउने निर्णय गरिएको सभापति राईले बताए ।

10893807_10204923070150362_1657231886_n


  •  
  •  
  •