विमानस्थलमा के भयो यस्तो ?…(फोटोफिचर)

61
  •  
  •  
  •  

काठमाडौ, ७ भदौ(एजेन्सी) : बिहारमा गएको बाढीका कारण विस्थापित जनताको रिस निकै बढेको छ । राहत नपाएपछीआक्रोशित भएका विस्थापितहरूले जिरोमाइलनजिकै रहेको विमानस्थलमा आफ्नो बासस्थान बनाएका छन् ।

people-ties-buffalo-on-airport-runwayविमानस्थलको गेट फुटाएर करिब पाँच सय मानिसहरूले विमानस्थललाई नै आफ्नो अस्थायी बासस्थान बनाएका छन् । विमानस्थल भित्रै चापाकल समेत गाड्न लागेका छन् । सबै बाढी पिडित नारायणपुर प्रखण्डको शहजादपुर पञ्चायतका हुन् । राहतको आश गरेर बसेका उनीहरूले लामो समयसम्मपनि राहत नपाएपछि उनीहरुले विमानस्थलमा धावा बोलेका हुन् । उनीहरुले आफ्ना चौपायाहरू समेत विमानस्थलमा नै लगेका छन् । विमानस्थल हेर्दालाग्छ त्यो कुनै फराकिलो गाऊँ हो र त्यहाँ निकै ठूलो चरन क्षेत्र पनि छ ।

people-ties-buffalo-on-airport-runway1मुख्यमन्त्री जीतन राम माझीले जल संशाधन मन्त्री विजय कुमार चौधरीको साथमा शुक्रबार बिहान बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका थिए ।उनले आला अधिकारीहरुलाई बाढी प्रभावितहरूको लगत लिन निर्देशन दिएका थिए । राजधानी पटना समेत १४ जिल्ला बाढिबाट प्रभावित बनेको छ ।

people-ties-buffalo-on-airport-runway2मुख्यमन्त्रीले राहत कार्यलाई तिव्र गर्ने निर्देशन दिएका थिए र बाढिबाट प्रभावित प्रत्येक परिवारलाई १-१ क्विन्टल अनाज र पैसा दिइने बताए । उनले बाढी पीडितहरूले राहत सामग्री नपाएको विषयमा जाँच गर्ने निर्देशन समेत दिएका थिए ।people-ties-buffalo-on-airport-runway3


  •  
  •  
  •